बाढीपहिरो तथा डुबानबाट ६९ जनाले ज्यान गुमाए, ३१ जना अझै बेपत्ता


 


काठमाडौं अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट प्रभावित मुलुकका करिब ३१ जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । मनसुन सक्रिय भएसँंगै बिहीबारबाट सुरु भएको वर्षाका कारण ६९ जनाले ज्यान गुमाएका छन् भने ३१ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार ३८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ हजार ५२० घरपरिवार अस्थायी रूपमा विस्थापित भएका छन् ।

विपद् प्रभावितहरूको पुनःस्थापना तथा राहत वितरणका लागि करिब ३० हजार सुरक्षाकर्मीसहित नेपाली सेनाको चारवटा हेलिकप्टर प्रयोग गरिएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित पहाडी जिल्लामा सोमबार दिउँसो मौसम सफा रहनुका साथै तराई–मधेसका जिल्लामा पानीको सतह विस्तारै घट्दै गएको छ ।

प्रकाशित मिति: ३१ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्