शिवम् कृति समारोह सम्पन्न


 


काठमाडौं, मंसीर २
शिवम् सिमेन्टस लि ले. “शिवम् कृति समारोह २०७६” भव्य रुपमा सम्पन्न गरेको छ । क्वालिटीको मामलामा नो कम्परमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले सेलिब्रेसनको मामला मा नो कम्परमाइज भन्दै यहि कार्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टस प्रा.लि ले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो ।

जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम्रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।

उक्त समारोहमा नेपालको चर्चित कलाकारहरुको साथै भारतका ख्याति प्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभागबाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टस लि. का अध्यक्ष सुरेन्द्र कुमार गोयलले आपसि, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिनु भएको थियो । साथै आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्