नेपाल टेलिकममा २२८ जनालाई जागिरको अवसर


 


काठमाडौं, वैशाख ७ । नेपाल टेलिकमले रोजगारीका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ ।

नेपाल टेलिकमले शुक्रबार सूचना प्रकाशित विभिन्न १४ पदका लागि २२८ जनालाई रोजगारीको अवसर खुल्ला गरेको हो ।

योग्यता पुगेका आवेदकहरुले आवश्यक कागजातहरु वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत अपलोड गरी अनलाईन आवेदन दिन सक्नेछन् ।

वैशाख २७ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर जेष्ठ ३ गतेसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्