गुट्खा उद्योगमा प्रहरीको छापा, तीन जना पक्राउ



काठमाडौं, माघ ६
राजश्व छली गरेर सुन्धारा, गौशाला र बालाजुमा चलाइएका सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार करिब ५० लाख बराबरको सामग्री बरामद गरिएको छ ।

थप अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । घटनाबारे सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News