भोजपुरमा एक दर्जन स्थानीय तहको प्रस्ताव


 


भोजपुर, भदौ  २५

स्थानीय निकाय पुनःसंरचनाको विषयलाई लिएर यहाँ क्रियाशील राजनीतिक दलले १२ स्थानीय तहको प्रस्ताव दोहो-याएका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल, राप्रपा र खम्बुवान राष्ट्रिय मोर्चा नेपाल भोजपुरको शुक्रबार बसेको संयुक्त बैठकले जिल्लाको स्थानीय निकायको पुनःसंरचना उपयुक्त नभएको निष्कर्ष निकाल्दै भौगोलिक अवस्था, जनसङ्ख्या र सघन बसोबासलाई आधार बनाई एक दर्जन स्थानीय तह बनाउने निर्णय गरेको हो ।

स्थानीय निकायको नामाङ्कन र केन्द्र निर्धारण स्थानीय तहको निर्णय अनुसार हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । स्थानीय निकाय पुनःसंरचना प्राविधिक समन्वय समितिद्वारा भने आठ गाउँपालिका प्रस्तावित गरिएको थियो । पुनःसंरचना आयोगले कुल ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्