ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


 



बैतडी, माघ ११
बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका २६ बर्षीय दीलकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । 

ट्याक्टर सडकबाट २५ मिटर जति तल खसेको बताइएको छ । सतबाँझबाट खोचलेक तर्फ गईरहेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्