ललितपुरमा पाँच घण्टा बत्ती जाने, कुन–कुन ठाउँमा जानेछ बत्ती ?


 



ललितपुर, माघ २५
आज ललितपुरका विभिन्न ठाउँमा बत्ती जानेछ । पाटन कुपण्डोल फिडरबाट वितरित ११ केभी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले विभिन्न ९ ठाउँमा बत्ती जाने पुल्चोक वितरण केन्द्रले जनाएको छ ।

बिहान ११ बजेखि साँझ ४ बजेसम्म बत्ती जाने केन्द्रले जनाएको छ । यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्रमा बत्ती जाने भएको छ । निर्धारित समय अगावै काम सक्ने प्रयास गरिने वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्