उपप्रम पोखरेलले कालापानी क्षेत्रको भ्रमण गरेपछि दार्चुलामा खुसियाली, सुरक्षाकर्मी खटाउने तयारी


 


काठमाडौं । उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले दार्चुलास्थित कालापानी क्षेत्रको भ्रमण गरेपछि दार्चुलामा खुसियाली तथा आशा पलाएको छ ।

खासगरी उपप्रधानमन्त्रीको भ्रमणले तिंकर सडक निर्माण नेपाली सेनाले निर्मँण गर्ने तथा कालापानीको विवाद समाधानका लागि पहल हुने आशा पलाएको हो ।

दार्चुला पत्रकार महासंघका अध्यक्ष शंकर धामीले मन्त्री पोखरेलको भ्रमणले लामो समयदेखि ओझेलमा परेको दार्चुलाको आशा र सम्भावनालाई पुनर्जागृत गराएको बताए । उनले उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रको व्याससम्म हवाई निरीक्षण गरेको बताए । व्यास क्षेत्र कालापानीको मुख्य विन्दुभन्दा १२ किलोमिटर दक्षिणमा पर्छ । यद्यपि छाङरू पुग्दा हिमपातका कारण हेलिकप्टर अवरतरण हुननसकेको उनले जानकारी दिएका छन् ।

अध्यक्ष धामीका अनुसार उपप्रम पोखरेलले कालापानीमा छिट्टै नेपाली सुरक्षाकर्मीलाई आवश्यक भौतिक पूर्वाधार निर्माणसहित खटाइने बताएका थिए ।

दार्चुलाका अध्यक्ष धामीले लेखेका छन्ः

दार्चुला भ्रमणका क्रममा उपप्रधानमन्त्रीले व्यासक्षेत्रको हवाई निरीक्षण गरे, जुन कालापानीभन्दा १२ किलोमिटर दक्षिणमा छ । उपप्रधानमन्त्री चढेको हेलिकप्टर हिमपातका कारण छाङरूमा ल्याण्ड भएन ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भूगोल अहिले भारतको नियन्त्रणमा छ । भारतिय पक्षसंगको छलफलको क्रममा आवश्यकता अनुसार राजनीतिक, प्रशासनिक, सुरक्षा र विज्ञ क्षेत्रले संयुक्त भ्रमण गर्नुपर्ला ।

त्यसक्षेत्रको वस्तुस्थितिको स्थलगत अध्ययन भने एकतर्फी भ्रमणले पनि गर्न सकिएला, गर्नुपर्छ ।
तर, उपप्रधानमन्त्रीले कालापानी क्षेत्र भ्रमण गरेको र भ्रमण प्रभावकारी बन्न नसकेको भन्दै दुइथरी चर्चा र बहस भएका छन् । यी दुबै प्रसंगमा मेरो असहमति छ ।

दार्चुला भ्रमणका क्रममा उपप्रधानमन्त्रीले व्यासक्षेत्रको हवाई निरीक्षण गरे, जुन कालापानीभन्दा १२ किलोमिटर दक्षिणमा छ । उपप्रधानमन्त्री चढेको हेलिकप्टर हिमपातका कारण छाङरूमा ल्याण्ड भएन ।

हिमपात नभए पनि विना सुरक्षा हेलिकप्टर ल्याण्ड गर्नु राम्रो होइन । देशका विशिष्ट व्यक्ति चढेको हेलिकप्टर ल्याण्ड नगरी भ्रमण गरेको तर्क ञकुतर्कझ हो । कसैले जानीजानी वा कसैले नजानेर पनि यस्ता अभिव्यक्ति दिएका छन् ।

उपप्रधानमन्त्रीले दार्चुला पुगेर तिंकर सडक निर्माण सेनाको जिम्मा दिने घोषणा गर्नु महत्वपूर्ण र अर्थपूर्ण छ । मिडियाले यसलाई प्राथमिकता दिनुको सट्टा कालापानी भ्रमण गरेको वा नगरेको विषयलाई महत्त्व दियो । र त्यसकै पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका छन् ।

उपप्रधानमन्त्रीले गरेको घोषणा कार्यान्वयनमा आउनुपर्छ । यो नै तत्कालको आवश्यकता हो र उपलब्धी पनि हुन्छ ।

यसैगरी दार्चुला भ्रमणपछि उपप्रधानमन्त्री पोखरेलले लेखेका छन्ः

दार्चुला , कालापानी क्षेत्रको निरिक्षणपछि —

जिल्लाका जनप्रतिनिधिहरू ( प्रतिनिधिसभाका सदस्य, प्रदेश सभाका सदस्यहरू, नेपाली सेनाका तर्फबाट सिमा सुरक्षा हेर्ने समन्वय अधिकारी तथा संचारकर्मी सहित ) दार्चुला ज़िल्लाको कालापानी क्षेत्रको संवेदनशील र अतिक्रमित भूमिको निरीक्षण गर्ने काम गरियो । बाक्लो हिमपातका कारण अवलोकन गर्न चाहेका केही महत्वपूर्ण ठाउँहरूमा स्थलगत भ्रमण गर्न अनुकूलता बनेन । तर पनि यसपटकको ती संवेदनशील र अतिक्रमित ठाउँहरूको स्थलगत अवलोकन भ्रमणले सरकारका तर्फबाट गर्नुपर्ने कामहरू सुनिश्चित गर्न थप सहयोग पुगेको छ । ऐतिहासिक तथ्य प्रमाणहरू तथा सिंगो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गंभीर राजनीतिक/ कुटनीतिक पहललाई अविलम्व अघि बढाउनु त जरूरी छ नै । साथै, पूर्वाधारका ज्वलन्त कामहरू ( खासगरी दार्चूला टिंकर भन्ज्यांग सडक बनाउनु पर्ने काम ) लाई जुनसुकै तरिकाबाट भए पनि ढिलो नगरी सम्पन्न गर्नुपर्ने छ र आवश्यक र संवेदनशील स्थानमा सुरक्षा अंगहरूको उपयुक्त पोस्टिंग गर्नुपर्ने छ । हो , हामी गर्छौ- केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट पार्टीको सरकारले यी काम ढिलाइ नगरी गर्नेछ , अघि बढाउनेछ । इतिहासले लामो समयदेखि अकर्मण्यतासाथ अधूरै छोडेका राष्ट्रिय अभिभारा हामी पुरा गर्नेछौं !

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्