नेपालको पत्रिकाको समाचारप्रति चिनियाँ दूतावासको आपत्ति


 


काठमाडौं, फागुन ७
एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारप्रति नेपालस्थिति चिनियाँ दूतावासले गम्भीर आपत्ति जनाएको छ । दूतावासले पत्रिकाको समाचारप्रति असन्तुष्टि जनाउँदै एउटा विज्ञप्ति नै निकाली समाचारप्रति आक्रोश पोखेको छ।

महामारीको समयमा आम नेपाली जनता र नेपाल सरकारको सकारात्मक धारणा रहेको र त्यसप्रति आफूहरु कृतज्ञ रहेको उल्लेख गर्दै दूतावासले पत्रिकाका प्रधान–सम्पादकको आलोचना गरेको छ ।

‘पत्रिकाका प्रधान–सम्पादक चीनसँग जोडिएका मुद्दाप्रति सधैं पूर्वाग्रही रहँदै आएका छन् । यस पटक उनले तथ्यको बेवास्ता गर्दै चीनविरोधी शक्तिको ‘सुगा’ बनेर सीमा नाघे,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत् फेब्रुअरी १८(फागुन ६)मा उक्त अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारमा रहेको तस्विरप्रति विशेष असन्तुष्टि जनाइएको छ । त्यस तस्विरमार्फत् पत्रिकाले नियतवस चिनियाँ सरकार र कोरोनाभाइरसविरुद्धको उसको संघर्षप्रति नकारात्मक सन्देश सम्प्रेषण गरेको दूतावासले बताएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्