एसएसबीद्वारा १० नेपाली पक्राउ, अनुसन्धानको लागि अदालतबाट म्याद थप


 


झापा, फागुन ८
इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ । उक्त क्षेत्र भारतीय सिमानासँग जोडिएको छ।

प्रकाउ पर्नेमा विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटालगायत रहेका छन्। सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका
लाई अवस्थामा उनीहरुलाई एसएसबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै झापाका हुन् ।

सन्दकपुरको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो निर्माण गर्न उनीहरुले ड्रोन प्रयोग गरेको बुझिएको छ । तर, भारतीय सुरक्षा अधिकारीले सिंह लिला राष्ट्रिय निकुन्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएको र त्यही कारण पक्राउ गरिएको दाबी गरेको छ।

पक्राउ परेका उनीहरुलाई बुधबार नै दार्जिलिङको सुकेपोखरी प्रहरी चौकी पुर्‍याइएको थियो । उनीहरुविरुद्ध भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ ९ए० अन्तर्गत मुद्दा दायर गरिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको छ ।

दार्जिलिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ड्रोन चलाउन डिजिटल पोर्टलमा दर्ता हुनु पर्ने, एयर क्राफ्ट अपरेटरको अनुमति लिनु पर्ने प्रावधान रहेको तर त्यस्तो नपाइएको जिल्ला अदालतका अधिकारी पंकज प्रसादले जनाए ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्