चीनले भन्यो राष्ट्रपतिको नेपाल भ्रमण रद्ध भएको छैन्


 


काठमाडौं, भदौ २७

चीनले राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण रद्ध नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्विङले सोमबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपतिको नेपाल भ्रमण रद्ध नभएको स्पष्ट पारिन् ।

उनले चीनले नेपालसँगको सम्बन्धलाई धेरै महत्व दिएको उल्लेख गर्दै दुई पक्षीय सम्बन्धमा नयाँ विकास गर्न चाहेको पनि बताइन् ।चिनियाँ राष्ट्रपति शी भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा नेपाल आउने चर्चा थियो ।

तर, पछिल्लो पटक यो भ्रमण रद्द भएको खबरहरु प्रकाशमा आएका थिए । नेपाल सरकारले भने भ्रमण रद्द भएको खबरको खण्डन गर्दै आएको थियो । अहिले चीनले पनि अक्टुबरको भ्रमण तय भइनसकेकाले रद्द भयो भन्न नमिल्ने बताएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्