प्रहरी कार्यालय लक्षित गरि प्रेस कुकर बम, सेनाले गर्यो डिस्पोज


 



बाजुरा, फागुन १०
बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

हिजो साँझ झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहानै डिस्पोज गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । उक्त स्थानमा बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्