भ्रष्ट नेताका लागि संसद अवरुद्ध गर्ने कांग्रेसलाई नेकपाको झापड, गोकुलको राजीनामा मागेर छानविन गर्दै


 


काठमाडौं । भ्रष्टाचारको आरोप लागेका नेताको पक्षमा संसद अवरुद्ध गर्ने नेपाली कांग्रेसलाई नैतिक पाठ सिकाउँदै सत्तारुढ नेकपाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान अघि बढाएको छ ।

करोडौं कमिसन मागेर अनियमितताको प्रयास गरेको भन्दै बाँस्कोटाको राजीनामा मागेको नेकपाले उनीमाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाएको छ । नेकपाको यो कदमबाट भ्रष्ट नेताका लागि संसद अवरुद्ध गर्ने नेकपालाई नैतिक पाठ सिकाएको छ ।

कांग्रेसले बालुवाटार प्रकरणमा मुछिएका उपसभापति विजय गच्छदारलाई पार्टीबाट हटाउनुको साटो उनको बचाउमा तीन पटक संसद अवरुद्ध गरेको थियो भने संडक प्रदर्शन समेत गरेको थियो ।

यसबारे प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले लेखेका छन्ः

“जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला, एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो । यसमा पिर मान्नु पर्दैन ।यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ । मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।

यी भनाइ हुन् निवर्तमान संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका । निवर्तमान मन्त्री बाँस्कोटाको यो भनाइ सँगै उनले आफु माथि लागेको आरोप छानबिन गर्नको लागि आफ्नो तर्फ बाट मार्ग प्रसस्त गरेका छन् । उनी बाट गल्ती कमजोरी भएको थियो थिएन त्यो कुरा छानबिन पछि थाहा होला तर बाँस्कोटाले नेपालको राजनितीमा नयाँ कुरा के ल्याए भने म ठिक कि बेठीक भन्ने कुरा मैले भन्ने होइन यो कुरा त छानबिन गर्ने निकायले बाहिर ल्याउने हो । कमजोरी कसैले लुकाएर लुक्दैन सत्य कसैले छिपाएर छिप्दैन यथार्थ कुरा बाहिर ल्याउनुपर्छ । आफुले गल्ती गर्दा मैले गल्ती गरेकै छैन मलाई फसाईयो भन्ने नेता र हाम्रो नेता लाई षड्यन्त्र मुलक ढंगले फसाईयो भन्दै सात सल्ला उफ्रने कार्यकर्ता तथा सदन अबरुद्ध पार्ने दललाई गतिलो पाठ छोडेर गएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा राजिनामा दिए सँगै उनले सरकारी गाडि र सुरक्षा कर्मि लाई त्यही छोडेर अरुको गाडीमा लिफ्ट लिएर घर फर्किएका छन् । बाँस्कोटा माथि लागेको अकल्पनीय आरोपले स्वाभिमानी कार्यकर्ताको मन दुखेको छ । लाखौं जनताको आखा रसाएको छ ,अनुहार मलिन छ , सबैमा एक किसिमको सन्नाटा छाएको छ । प्रतिकृयाबादी दलाल ,तस्कर तथा बिकास र समृद्धि बिरोधिहरुमा खुसियाली छाएको छ । स्वयं आफ्नै पार्टी भित्रको एउटा तत्वले ठुलो हुन्थिस् बल्ल खाईस भनेको छ । गोकुल हटेको खुसियालीमा राति अबेरसम्म धेरै ठाउँमा रक्सी पार्टी पनि भैरहेको छ ।

यी सबथोक हुनु कुनै नौलो कुरा होइन । किनकि उनले लिने गरेको अडान र उनमा रहेको दृढ ईच्छा शक्ति लुटेरा हरुको निम्ति बाधक थियो । तर बिडम्बना आज उल्टो भएको छ ।
तर पनि बाँस्कोटा तिमिले कार्यकर्ता लाई नारा लगाउन भनेनौं,म ठिक छु भनेर कुर्लिएनौं, छानबिनको जिम्मा अरुलाई नै लगायौ, आरोप पुष्टि नभए पनि राजिनामा दियौं, राजिनामा दिए सँगै सबै सरकारी सुबिधा छोड्यौ यस्तो ईच्छा शक्ति बिरलै नेतामा पाईन्छ ।

जेहोस् तिमी प्रतिको जनताको पुरानो बिस्वास यथावत् रहने अबस्था सिर्जना होस् । बाँस्कोटा तिमी निर्दोष भएको देख्ने जनताको ईच्छा पूरा होस् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्