प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने मुख्यमन्त्री राईको घोषणा


 



बिराटनगर, फागुन १०
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने घोषणा गरेका छन् ।

मदन भण्डारी स्पोस्र्ट एकेडेमीको आयोजनामा सोलुखुम्बुमा जारी प्रदेश स्तरीय मदन भण्डारी स्मृति कप भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले राईले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका हुन् ।

चालु आर्थिक वर्ष देखिनै खेल क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा रोखेको भन्दै उनले भने, ‘हाम्रो प्रदेशलाई खेल क्षेत्रको राजधानी बनाउने लक्ष्यका साथ काम थालेका छौं, यो वर्ष पनि करोडौं बजेजमा खेलकुदका लागि कवर्ड हल, खेल मैदान सहितका संरचना प्रदेशभरी नै निर्माणको चरणमा छन् । खेलाडी सम्मान प्रोत्साहनसहितको कार्यक्रम पनि प्रदेश सरकारले गरिरहेको छ ।’

खेलकुदले स्वास्थ्य र अनुशासनसँगै सामूहिक भावनाको विकास, भाईचाराको सम्बन्ध स्थापित गर्ने मुख्यमन्त्री राईले बताए । खेलकुदका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सकिने उनको भनाई छ । उनका अनुसार प्रदेशका सबै १ सय ३७ वटै स्थानीय तहमा प्रदेश सरकारको लगानीमा ‘एक स्थानीय तह, एक खेल मैदान निर्माण’को काम भइरहेको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्