यस्तो छ वामदेवलाई राष्ट्रियसभामा लैजाने तयारी


 


काठमाडौ , फागुन १०

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ । यसबारे सचिवालयमा छलफल सुरु भएको छ ।

नेकपा उच्च स्रोतका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने अर्को बैठकले गर्ने भएको छ ।

गौतमले यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताउनु भएको थियो ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्