कस्ताे छ आजको मौसम पूर्वानुमान?


 


काठमाडौं, फागुन ११
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल देशभर आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमानले जनाएको छ । त्यसैगरी दिउँसो देशभर आंशिक बदली रहनेछ भने साँझपख पहडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति देशभर बदली रहनेछ। पश्चिमी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्