देशभर आंशिक बदली, यस्तो छ तीन दिनसम्मको मौसमी अवस्था


 



काठमाडौं, फागुन ११
देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार साँझपख पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति देशभर बदली रहनेछ। पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् बरुण पौडेलले बेलुकीपख चट्याङसमेत पर्ने सम्भावना रहेकाले पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरे ।

शनिबार देशका अधिकांश स्थानमा फाटफुटदेखि भारी वर्षा भएको थियो । सबैभन्दा बढी दिपायलमा ४२.३ मिलिमिटर वर्षा भएको थियो भने कम धनकुटामा १.३ मिलिमिटर वर्षा भएको छ ।

फाटफुट वर्षा भएको मापन भने मौसम महाशाखाले गरको छैन । काठमाडौंमा पनि ६.४ मिलिमिटर मापन गरिएको थियो । महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहने छ । रातिको समयमा मध्य तथा पूर्वी भूभागमा आँशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भेगको मौसम सामान्यतया साफा रहने छ । रातिको समयमा देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्