पूर्वडीएसपीले युवतीसँग गरेको फोन संवाद: ‘प्रहरीबाट केही भएन भने म रवि दाइकोमा जाने हो’


 


काठमाडौं , फागुन ११
गत माघ २२ गते एक युवतीले आफूलाई बलात्कार गरेको भन्दै ललितपुर चापागाउँ प्रहरी वृत्तका डिएसपी राजकुमार खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी छन् ।

ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दिएको छ। तर, उनी अहिलेसम्म फरार छन् । पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन् । पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् । पूर्वडिएसपी खिउजूले पीडित युवतीलाई जाहेरी फिर्ता लिन गरेको फोन कुराकानी पनि नयाँ पत्रिकाले छापेको छ ।

युवती : घरीघरी किन फोन गर्छस् तँ?

खिउजू : नानु, सुन सुन म सातदोबाटो आउँछु।

युवती : तैँले जहाँजहाँ भनिस्, म त्यहीँ आउने म तेरो को हो हँ ? अब म तँलाई छोड्दै छोड्दिनँ।

खिउजू : सुन, सुन तिमीले जे भने पनि मान्छु।

युवती : तेँले जेसुकै भने पनि मान्दै मान्दिनँ, गड प्रमिस मान्दिनँ । तैँले त धेरैचोटि कसम खाइस्, थाहा छ । तँ आफैँ गल्ती गरेर मेरो कोठामा सुत्न आएको भन्ने ?

खिउजू : सुन, सुन तिमीले भनेको मान्छु। तिमीकहाँ आउँछु ल। अहिले टाढा छु। जसरी भए पनि म एक घन्टाभित्र तिमीलाई भेट्न म आउँछु, जसरी भए पनि आउँछु।

युवती : तँलाई म एक सेकेन्ड पनि भेट दिन्नँ । म किन भेट्छु, म यहाँ सरहरूसँग छु (प्रहरी) । जेसुकै गर, मलाई केही पनि फरक पर्दैन । तैँले गरेको गल्तीको सजाय तँलाई नदिई छोड्दिनँ।

खिउजू : सुन, सुन मलाई कारबाही गरेर तिमीलाई के हुन्छ, भन त? तिमीलाई राम्रो हुन्छ?

युवती : हुन्छ, हुन्छ। तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ। तैँले अर्काकी छोरीलाई गरेको व्यवहार, तैँले गर्दा मेरो कहीँ पनि ठाउँ छैन बुझिस्, तैँले जे बोल्दा नि जे गर्दा नि हुन्छ, यहाँ?

खिउजू : तिमीले भनेको मान्छु। तिमी त्यहाँबाट आऊ ल भन, तिमीलाई कहाँ भेटूँ, ल भन। म आउँछु।

युवती : मैले यहाँ आएर निवेदन दिइसकेपछि तँसँग म मिल्छु? तैँले अर्काकी छोरीलाई जे गरे पनि हुन्छ?

खिउजू : नानु, सुन सुन आवेशमा आएर भनेँ होला। निवेदन नदेऊ। तिमीले भनेको सबै मान्छु ल।

युवती : म कुनै पनि कुरा मान्दिनँ, मसँग मिल्ने कुरै नगर् ल। मसँग मिल्ने कुरै नगर?

खिउजू : प्लिज, प्लिज तिमीले जे भन्यो त्यही मान्छु। प्लिज, प्लिज । जे भन्यो त्यहीँ मान्छु निवेदन फिर्ता लेऊ।

युवती : कसम मान्दिनँ, म तैँले भनेको म केही पनि मान्दिनँ। फोन राख्। अब म ब्ल्याकलिस्टमा फोन राखिदिन्छु। मलाई फोन नगर्। तँसँग कन्ट्याक्ट हुँदिनँ। तँसँग म मुद्दामा आएर भेट्छु । तेरो केही कुरा पनि सुन्दिनँ।

खिउजू : त्यसो नभन, तिमीले भनेको सबै मान्छु।

युवती : तेरो कुरा मान्दा तैँले मलाई पेलेको होस् । तैँले जे–जे भन्यो, त्यही मान्दा तैँले मलाई यसो गरेको होस्।

खिउजू : तिमीले भनेको मान्छु, तिमीले भनेजसो गर्छु । प्लिज, प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ।

युवती : तँ जहाँसुकै गएर जेसुकै बोल् मलाई मतलब छैन । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । त्यत्ति हो, मलाई चाहिएको।

खिउजू : तिमी आफैँ भन न मलाई कारबाही गरेर तिमीलाई के फाइदा हुन्छ, भन त?

युवती : तँलाई कारबाही गरेर मेरो जिन्दगी फर्किन्छ। मलाई तैँले जति रुवाएको छस्, तँलाई कारबाही गर्दा म त्यति नै खुसी हुन्छु।

खिउजू : त्यसो नभन। तिमीले जहाँ भने पनि म आउँछु ल।

युवती : मलाई के मतलब, तेरो के वास्ता छ र मलाई ? खिउजू : कसम तिमीले भन्या मान्छु प्लिज, प्लिज।

युवती : भगवान् कसम मान्दिनँ ल । मैले भनिसकेँ, तँलाई कारबाही नगरी म छोड्दै छोड्दिनँ । तैँले गरेको गल्तीको सजाय पाउनैपर्छ ।

खिउजू : तिमीले जे सजाय दिए पनि भोग्न तयार छु । मलाई बदनाम नगर।

युवती : मैले तँलाई किन बदनाम गर्ने? प्रहरीबाट केही भएन भने म रवि दाइकोमा जाने हो।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्