१९ लाख सहित दुई जना पक्राउ


 


रौतहट, फागुन १३
रौतहटमा लाखाैँ नेपाली रूपैयाँसहित २ जना पक्राउ परेका छन्। राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिगएको टोलीले उनीहरूबाट उक्त नेपाली १९ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको हाे।

स्रोत नखुलेका रुपैयाँसहित पक्राउ परेका कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमारको साथबाट एकथान मोटरसाईकलका साथै ३ थान मोबाईल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताएका छन ।

सशस्त्र प्रहरी बिओपीका असई अजयथापाको कमाण्डमा गएको टोलीले सोमवार साँझ भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९लाख एकहजार एकसय ५० रुपैयाँ बरामद गरेको हो
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्