कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता




कालिकोट, फागुन १३
कर्णाली करिडोरमा जीप खसेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा बिहान १० बजेतिर जीप कर्णालीमा खसेको हो । १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ ।

कर्णाली करिडोरमा संचालन हुने उक्त जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर मोड्नेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।
जीप नदीबाट निकाल्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News