ग्यास चुहावट भएर विद्यालयमा आगलागी


 



काठमाडौं, फागुन १३
सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय अधारभूत विद्यालय महुलियामा सिलिण्डरको ग्यास चुहावट भएर आगलागी भएको छ।

आगलागी हुँदा करिब २ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। विद्यार्थीहरूका लागि खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो।

आगलागीका कारण विद्यालयको फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो स्थानीय बासिन्दा र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्