‘भ्रष्टाचारको आरोपमा गगन थापामाथि छानविनको माग’


 


काठमाडौं । अनेरास्ववियुका अध्यक्ष ऐर महरले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकाले छानविन हुनुपर्ने माग गरेका छन् ।

गगन थापामाथि बाख्रा काण्ड, १४ करोेड काण्ड, रौनियार काण्ड, बीर अस्पताल काण्डमा जोडेर भ्रष्टाचार गरेको आरोप लागिरहेको छ । यसै सन्दर्भमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष महरले थापामाथि छानविन तथा कारवाही हुनुपर्ने माग गरेका हुन् ।

‘अहिले पनि छानविन गर्ने हो भने कांग्रेसका धेरै नेताहरुको नाम भ्रष्टाचारमा मुछिएर आइरहेका छन्, गगन थापाकै नाम आइरहेको छ । त्यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ति गर्दाको कुरा आइरहेको छ, रौनियार काण्ड, १४ करोड झ्वाम्मै पार्यो भन्ने कुरा आइरहेको छ’, उनले भने ।

उनले नेकपाभित्र र सरकारभित्रका गलत कार्यको पनि आफूहरुले भण्डाफोर गर्ने पनि स्पष्ट पारे । आफ्नो पार्टी, आफ्नो सरकार भनेर चुप लागेर नबस्ने उनको स्पष्टोक्ति थियो ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्