कालापानीबाट भारतीय सेना लखेट्न भीम रावलले लिए कडा एक्सन, ओलीले मान्लान ?


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता भीमबहादुर रावलले कालापानीबाट भारतीय सेना हटाउन सरकारलाई उपयासहितको सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै रावलले सेना फिर्ता पठाउनका लागि भारत सरकारलाई सिधै पत्र लेख्ने सुझाव सरकारलाई दिएका हुन् ।

उनले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराए । रावलले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गरे ।

सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उनले आग्रह गरे । प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उनले सरकारसँग माग गरे । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्