नेकपा साना भूकम्पले भत्कने घर होइनः योगेश


 


पोखरा, फागुन १५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो ‘भूकम्पले कुनै असर नगर्ने’ बताउनुभएको छ ।

बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उहाँले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको उल्लेख गर्दै स्वाभाविक रुपमा लिन आग्रह गर्नुभयो ।

‘अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ । हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन् । तर, यो भूकम्पले चर्किनेवाला छैन । यो चर्किंदैन । त्यो घर सकुशल ठडिन्छ’ उहाँको भनाइ थियो ।

नेकपा स्थायी कमिटी सदस्य मन्त्री भट्टराईले पार्टीरुपी घर कतै सामान्य चर्किएको भए पनि नेकपाभित्र धेरै इन्जिनियर रहेकाले सकुशल घर ठड्याउने दाबी गर्नुभयो । ‘हाम्रो नेपाल कम्युनिस्ट पार्टीको घरभित्र अनेक इन्जिनियर छन्, केही इन्जिनियरले घरको फिटिङ गर्छन् र त्यो घरलाई सकुशल ठड्याउँछन् । यो घर सकुशल ठडिन्छ ।’

‘म सोच्दैछु हाम्रा साथीहरु पोका पन्तुरा लिएर कतै निस्किहालेको जस्तो देखिन्छ । यी सबै थन्क्याए हुन्छ । किनभने हाम्रा नेताहरु जिन्दगी दाउमा राखेर हिँडेका नेताहरु हुन् ।’

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्