‘सिपी मैनाली सवार कार दुर्घटना नियोजित’


 



काठमाडौं, फागुन १६
नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । सो पार्टीका प्रवक्ता कुमार बेलबासेले विज्ञप्ति जारी गर्दै यो दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरे ।

उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।

झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र पाँच वषीय नाती समेत घाइते भएका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्