ढुंगा लागेर कांग्रेस वडासभापतिको मृत्यु


 



गुल्मी, फागुन १६
सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु भएको छ । ढुंगा लागेर गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको मृत्यु भएको हो।

श्रेष्ठ रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति समेत थिए। बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगा लागेर घाइते भएका थिए ।

उपचारका लागि भरतपुर लगिएपनि उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । यस सडकखण्डको सिद्धबाबामा पहिरो र ढुंगा खसेर थुप्रैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्