क्वारेन्टानमा राखिएकाहरुको अन्तिम पटक स्वास्थ्य परीक्षण गरिँदै


 



काठमाडौं, फागुन १७
चीनबाट उद्दार गरेर नेपालमा क्वारेन्टाइनमा राखिएका नेपालीहरुको आज अन्तिम पटक स्वास्थ्य परीक्षण गरिँदैछ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार आज १४ दिन पुगेकाले परीक्षण गर्न लागिएको हो।

चीनमा रहेका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको जहाजका चालकदलसहित १८ जनाको नाक र घाँटीमा स्वाबु परीक्षण गर्न लागिएको हो।

चीनबाट फर्काइएका १ सय ७५ जनालाई भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण भवन र उनीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमका चालकदलसहित १८ जनाको टोलीलाई नगरकोटस्थित खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ।

सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट फागुन ४ गते नेपाली विद्यार्थीहरुलाई उद्दार गरी ल्याएको थियो। क्वारेन्टाइनमा राखिएको पहिलो दिनमै परीक्षण गर्दा सबैजनामा कोरोना भाइरसको संक्रमण नेगेटिभ पाइएको थियो। यसको रिपोर्ट नेगेटिभ आएकालाई घर फर्काइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना पोजेटिभु भेटिएमा भने टेकु अस्पतालको ुआइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ। आज गरिने परीक्षणको रिपोर्ट भोलि बेलुकी वा पर्सि बिहानसम्म आइसक्ने र त्यहि रिपोर्टका आधारमा क्वारेन्टाइनमा राखिएकालाई घर फर्काइने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्