परिमार्जन नगरी एमसीसी पारित हुन्नः दाहाल


 


सिन्धुपाल्चोक, फागुन १७

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी परिमार्जनबिना पारित गर्न नसकिने बताउनुभएको छ ।

‘प्रेस संगठन, नेपालको सिन्धुपाल्चोक जिल्ला संगठनले सुकुटेमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचण्डले ५५ अर्ब उत्पात्तै ठूलो भनेर ठान्नु पनि जरुरी नभएको बताउनुभयो ।

‘संशोधन नै गर्न नमान्ने हो भने नेपालले ५५ अर्बको निम्ति आफ्नो राष्ट्रिय हितलाई गलत ढंगले कम्प्रमाइज गर्दैन। यो कुरा पनि प्रष्टै हो’ उहाँले भन्नुभयो ‘हाम्रो लागि नेपालको हित मुख्य कुरा हो। नेपालको हितसँग बाझिने प्रावधान छन् भने तिनलाई परिमार्जन गर्नुपर्छ।’
आफूहरु अमेरिकासँग सहयोग लिन र सहकार्य गर्न चाहने तर सम्झौता गरेर भने नलिने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्