होटलमा अनैतिक कार्य गर्ने १६ जना पक्राउ


 



भक्तपुर, फागुन १८
महानगरीय प्रहरी वृत्त जगातीले ‘स्विप अपरेसन’का क्रममा विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अनैतिक कार्य गर्ने १६ जना पक्राउ गरेको छ ।

अनैतिक कार्य हुँदै आएको सूचनाका आधारमा छापा मारेको प्रहरी टोलीले ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए । पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खाना घरबाट उनीहरूलाई नियन्त्रण लिएको हो।

जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान शुरू गरेकको डीएसपी जोशीले बताए । अरनिको राजमार्ग आसपासमा सञ्चालित खाजाघर, गेस्ट हाउस तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखेको छ।

यौनजन्य क्रियाकलापकै कारण सिर्जित विभिन्न घटना दुर्घटना, अस्वस्थ प्रतिस्पर्धाजस्ता कारणले समाजमा विकृति बढेको गुनासो पछि प्रहरीले सुदृढीकरण अभियान अघि बढाएको हो। नियन्त्रणमा लिएकाहरू महिला तथा पुरुषहरूलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिइने र पहिलो पटक छोडिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्