नेकपाको सचिवालय बैठक बस्दै, महत्त्वपूर्ण निर्णय हुनसक्ने


 



काठमाडौं, फागुन १८
 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बिहान बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ११:३० बजे बस्ने बैठक राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयपछि नेकपामा सुरु भएको विवादमा केन्द्रित हुनेछ।

१४ फागुनको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस गरे पनि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई नमान्ने बताएपछि यसले विवादको रुप लिएको हो। 

१० फागुनको सचिवालय बैठकले नै गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि कार्यदल गठन गर्नेसम्मका निर्णय गरेपछि नेकपामा ध्रुविकरण सुरु भएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्