आजको मौसम पूर्वानुमान: मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना


 


काठमाडौं, फागुन २०
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको भन्दै आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुनेछ ।यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति भने देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग आंशिक बदली रहनेछ। तराई भू–भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्