टिपर दुर्घटनामा चालकको मृत्यु


 



पाल्पा, फागुन २०
पाल्पाको तानसेन नगरपालिका–५ तीन लाँकुरीमा आज विहानै टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक नवलपरासीको सुनवल नगरपालिका–३ का ३२ वर्षीय मधु मर्पाङ मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

तानसेनबाट सर्देवातर्फ जाँदै गरेको लु २ ख १८५४ नम्बरको टिपर पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत लाँकुरीमा बिहान ६ बजे दुर्घटना भएको हो। सर्देवामा ढुङ्गा लिन जाँदै गरेको टिपर तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले घट्नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी निरीक्षक श्रेष्ठले टिपर सडकभन्दा अन्दाजी ३०० मिटर तल खसेको जानकारी दिए ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्