राष्ट्रिय सभाका १८ जना सदस्यले आज शपथ लिँदै


 


काठमाडौं, फागुन २१
राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सदस्यहरुले आज(बुधबार) शपथ लिँदैछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज बिहान ११ बजे नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

गत माघ ९ गते भएको निर्वाचनबाट राष्ट्रियसभामा नेकपाका १६ र राजपाको दुई गरी १८ सांसद निर्वाचित भएका थिए ।

यसरी निर्वाचित हुनेमा नेकपाबाट इन्दिरा गौतम, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, सुमित्रा बिसी र शारदा भट्ट रहेका छन् ।

यसैगरी नारायणकाजी श्रेष्ठ, बेदुराम भुषाल, देवेन्द्र दाहाल, गोपाल भट्टराई, मायाप्रसाद आयार्य (पारशमणि) र तारामान स्वाँर, गोपीबहादुर अछामी र राधेश्याम पासवान र जगप्रसाद शर्मा निर्वाचित भएका थिए ।

राजपाबाट भने शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् । आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्