प्रधानमन्त्रीको शल्यक्रिया जारी, पाँच घण्टा चल्नेछ शल्यक्रिया प्रक्रिया


 


काठमाडौं, फागसुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया अहिले जारी छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन शल्यक्रिया भइरहेको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण टिचिङ अस्पतालमा बुधबार बिहान १० बजेपछि उहाँको शल्यक्रिया सुरु गरिएको हो।

अस्पतालका निर्देशक डा‍. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको जानकारी दिनुभएको छ ।
‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकारहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भन्नुभयोृ, ‘उहाँलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।’

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो। शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने संलग्न चिकित्सकले बताएका छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्