बाल यौन दुराचारमा बेलायती नागरिक रोबर्ट दोषी ठहर


 


काठमाडौं, फागुन २२
बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल दोषी ठहर भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले कोललाई दोषी ठहर गरेकाे हाे। दाेषी ठहर भएपछि उनलाइ ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला सुनाएको हो ।

न्यायाधीश प्रकाश ढुङ्गानाको इजलाशले कोललाई दोषी ठहर गर्दै ३ वर्ष जेल हुने र पीडितलाई जनही २० हजार क्षतिपूर्तिसमेत भराउने आदेश दिएका हुन् ।

न्यायाधीश ढुङ्गानाको इजलाशले कोललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ बमोजिम दोषी ठहर गर्दै सजाय तोकेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा बालयौन दुराचारबारे उल्लेख गरिएको छ । काेल २०७५ माघ ५ गते पक्राउ परेका थिए।

बेलायतका ५१ रोबर्ट कोलसहित भारतीय नागरिक अजय पोद्धार, नेपाली नागरिक कुमार रोक्का र ३ जना बालकहरुलाई नियन्त्रणमा लिएकाे थियाे ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्