डोल्पामा अज्ञात रोग, गाउँ नै थला पर्यो


 



डोल्पा, फागुन २२
डोल्पामा पहिचान हुन नसकेको रोग फैलिएको छ । एक सातादेखि फैलिएको संक्रमणका कारण जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत करेलीकाँडा गाउँ थला परेको हो। रोग पत्ता लगाउन बिरामीको नमूना संकलन गरिएको छ।

संक्रमण फैलिएको गाउँबाट संकलन गरिएको बिरामीको नमूना परीक्षणका लागि काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

गाउँमा हाल ८० जना बिरामी छन्। जसमध्ये चार बिरामीको खकार, सिँगान र रगत लगायतको नमूना काठमाडौं पठाइएको प्रजिअ सुनारले बताए। साथै अज्ञात रोगले ग्रसित केरेलीकाँडाको गाउँमा औषधि र विशेषज्ञ डाक्टरको टोली पनि पुगेको छ।

अज्ञात रोगले गाउँ नै थला परेको थाहा पाएको तीन दिनपछि बुधबार विशेषज्ञको टोली र औषधि लिएर हेलिकप्टर करेलीकाँडामा पुगेको हो। नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा हेलिकप्टरमार्फत गाउँ पुगेका दुईजना डाक्टरसहितको टोलीले बिरामी र स्थानीयको पनि स्वास्थ्य चेकजाँच गर्ने जिल्ला अस्पतालकी डाक्टर मेलिना हमालले बताइन्।

जिल्लाबाट डाक्टर मेलिना हमालको नेतृत्वमा चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्