मौसम : वर्षा र हिमपात


 



काठमाडौं, फागुन २४
देशका अधिकांश भू-भागमा वर्षा र हिमपात भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेको छ । अन्य स्थानहरुमा मेघगर्जन चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ ।

गर्मीको आगमन हुन लागेको संकेतका रुपमा आजको वर्षा र हिमपातलाई लिइएको छ । वर्षाका कारण चीसो बढेको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ।

देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्