इटालीमा डेढ कराेड बढी जनतालाई क्वारेन्टाइनमा राख्ने, नमान्नहेरुलाई जेल सजाय!


 


काठमाडौं, फागुन २५
इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउ’ गर्ने तयारीमा छ । अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको हो । इटालीको मिलान र भेनिसमा समेत लागू गरिएको यो उपाय आइतबारबाट सुरु भएर अप्रिल ३ सम्म लागू हुनेछ ।

इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ५० जना बढीको मृत्यु भइसकेको छ । शुक्रबार संक्रमितको संख्या १२ सय थियो जुन शनिबारसम्ममा ५ हजार ८ सय ८३ पुगेको छ ।

इटालीको सरकारी मिडिया क्योरियर डेला सेराले सरकारी आदेशको उक्त मस्यौदा प्रकाशित गरेको हो । १ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहनेछन् । साथै भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने बीबीसीले जनाएको छ ।

उत्तरी इटालीका लगभग ५० हजार जनता क्यारेन्टाइनका कारण प्रभावित भएका छन् । क्वारेन्टाइन नमान्नहेरुलाई तीन महिनाको जेल सजाय पनि हुनसक्छ । इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् । एजेन्सी

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्