कोरोना त्रासः दर्जनौं कुटनीतिज्ञले छाडे उत्तर कोरिया


 


काठमाडौं, फागुन २६ (एजेन्सी)

कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टाइनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन्।

उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ।

उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ।
उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन्।
कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारन्टीनमा बस्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।
रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति ूबाध्यकारीू भएको टिप्पणी गरेका छन्।

उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन्। उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्