झैझगडा गर्ने २६ जनासहित ३ सय ४१ सवारी साधन नियन्त्रणमा

विराटनगर, फागुन २७
मोरङ प्रहरीले ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने र झैँझगडा गर्ने २६ जनासहित ३ सय ४१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले मोरङ जिल्लाका विभिन्न स्थान र मुख्य बजारका चोकहरुमा होलीको बाहानामा कुनै पनि घटना नहोस भन्ने उद्येश्यले चेक जाँचलाई कडाइ गरेको थियो ।
यही मौकामा विराटनगर महानगरपालीका भित्र मात्र १८ जना र ६१ वटा सवारी साधन पक्राउ परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
मोटर साइकलमा तीनजना चड्ने, हेलमेट नलगाई मोटरसाइकल हाक्ने र लाइसेन्स नभएका सवारी साधन र माधक पदार्थ सेवन गरी हल्ला गरि झगडा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मानिस सवारी साधनमाथि आवश्यक कारवाही गरीने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार