मिर्गौला प्रत्यारोपणपछि मामा–भान्जीको त्यो पहिलो भेट


 


काठमाडौं, फागुन २८

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र दाता समीक्षा संग्रौंलाबीच बुधबार भेट भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ३ बजे आफ्नी भाञ्जी नाता पर्ने संग्रौलालाई भेट गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समीक्षाले प्रधानमन्त्रीलाई ‘कस्तो छ मामा तपाईंको स्वास्थ्य ?’ भनेर सोधेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘ठीक छ, राम्रो भइरहेको छ, तपाईले मिर्गौला दिनुभो, धन्यवाद छ’ भनेका थिए ।

गत बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको थियो । बुधबारसम्म त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य लाभ गरिरहेकी समीक्षा भने डिस्चार्ज हुने क्रममा रहेकी छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्