ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


 



तनहुँ, फागुन २९
तनहुँको बन्दिपुर गाउँपालिका ५ कोरिकामा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

बाउन्भञ्ज्याङबाट कोरिका तर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा चालक र सहचालकको मृत्यु भएको हो ।

गोरखा पालुङटार ७ च्याङली बस्ने २१ वर्षका प्रेम कुमाल र सहचालक तनहुँ बन्दिपुर गाउँपालिका ४ नयाँपुलका २३ बर्षिय राजकुमार परियारको मृत्यु भएको हो ।

कुमालको घट्नास्थलमै र परियारको लक्ष्मि अस्पताल डुम्रेमा मृत्युु भएको थियो । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्