१७ लाख घुससहित नापी सर्भेक्षक पक्राउ, दलालसहित ५ कर्मचारी पक्राउ


 


काठमाडौं, फागुन ३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले घुस लिँदा लिँदै सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनीहरु सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्