ठमेलमा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ


 


काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन्। व्यास नगरपालिका-२ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

शाहीले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-२६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्