नेपाल लकडाउन भए लगत्तै चीनले भन्याे- हामी साथमा छौं



काठमाडौं, चैत्र ११
विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरस (कोभिड–१९) विरुद्धकाे लडाईंमा नेपाल एक्लो नभएको चीनले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले मंगलबार एक ट्वीट गर्दै नेपाललाई सहयोग गर्नका लागि चिकित्सा सामग्री पठाउने तयारी भइरहेको बताएकी छन् ।

उनले नेपालका लागि आफूहरुले प्रार्थना समेत गरिरहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरुलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरु सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौ ।’

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट एक साताकाे लागि लकडाउन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News