के गर्देछन् दिल्लीमा दाहाल ?


 


काठमाडौं, भदौ ३१

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ । शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नेछन् ।

याे वार्तामा दुई नेताबीच एक्लाएक्लै हुनेछ। कुनै सहयाेगी समेत वार्तामा रहने छैनन्।

प्रधानमन्त्री दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नेछन् । याे वार्ता दुइ नेताबीच एक्लाएक्लै हुनेछ ।

कुनै सहयाेगी समेत वार्तामा रहने छैनन् । दाहालको मोदीसँग यो तेस्रो औपचारिक भेटघाट हुनेछ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्