Deshko News
१३ आश्विन २०८०, शनिबार

महिला संघमा देउवा-सिटाैलाकाे प्यानलै बिजयी



काठमाडाैं, असाेज १

नेपाल महिला संघमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ । तेस्रो महाधिवेशनका लागि भएको मतदानमा अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८ र प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याएकी छन् ।

महासचिवमा विजयी धना खतिवडाले ९६८ र प्रत्यासी गोमा केसीले ७७६ मत ल्याएकी छन् । कोषाध्यक्षमा विजयी भएकी जानकी सिंहले ९११ मत ल्याएकी छिन् ।

कूल १८१४ मत खसेको थियाे । ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानलनै विजयी भएको हाे । उमा देउवा पक्षकी हुन् भने धना सिटाैला पक्षकी हुन् ।

उमा र धनाको संयुक्त प्यानलमा देउवा पक्षको ३३ र सिटौला समुहका २३ जना निर्वाचित भएका छन्। नेपाली काँग्रेसको भातृ संस्थामा देउवा -सिटौलाको संयक्त प्यानलको यो दोस्रो ठूलो जीत हो।

महिला संघको जीतलाई नेविसंघको भन्दा पनि ठूलो जीत मानिएको छ । नेविसंघमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकटले पनि जीत निकालेका थिए।

नेविसंघमा देउवा सिटौला र पौडेल पक्ष लगभग हाराहारीमा निर्वाचित भएका थिए।  सिटौला पक्षको सहयोगमा देउवा सिटौला समुहको जीतले नेपाली काँग्रेसको राजनीति र भातृ संस्थामा सिटौला पक्षको बढ्दो प्रभावलाई पनि यसले देखाएको छ।

यसको सोझो प्रभाव नेपाली काँग्रेसको बाकी भातृ संस्थाको महाधिवेशनमा पनिन पर्ने देखिन्छ। यो परिणामले नेपाली काँग्रेसका नेता सिटौलाको प्रभाव पार्टीमा बढ्ने छ भने नेताहरु गगन थापा, उमाकान्त चौधरी र प्रदिप पौडेलको प्रभाव यूवा पुस्तामा समेत व्यापक पर्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News