देशभर कोरोना आशंकामा ९ हजार बढी क्वारेन्टाइनमा


 


काठमाडाैँ, चैत्र २५
कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेकाे जानकारी दिएका हुन्।

त्यस्तै विभिन्न देशबाट नेपाल प्रवेश गरेका र कोरोना आशंकामा ९ हजार बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले जनाएअनुसार काेराेना आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको छ ।

जनाइएअनुसार अहिले काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सय जना आइसोलेसनमा छन्। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएका छन्।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्