तय भएकाे अमेरिका भ्रमण किन रद्द गरे दाहालले ?


 


काठमाडाैं, असाेज २

प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण रद्ध भएको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण रद्ध गरेको निकट स्रोतबाट बुझिएकाे छ ।

दसैं अघि नै मधेसी मोर्चासँग वार्ता गरेर संविधान संशोधन गर्नुपर्ने दाहालार्इ बाध्यता भएकाले तय भएकाे भ्रमण स्थगित गरेकाे बुझिएकाे छ । अमेरिका भ्रमण स्थगित बारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालार्इ दाहालले जानकारी गराइसकेका छन् ।

संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने कार्यक्रम थियाे ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्