चित्रबहादुर केसी कै लाइनमा कांग्रेस


 


ram_sharan_mahatकाठमाडौं, असोज ४

नेपाली कांग्रेसका नेता रामशरण महतले देशको आर्थिक विकासका लागि संघीयता आवश्यक नभएको बताएका छन् । संविधानको कार्यान्वयनको अवस्थाबारे सवैधानिक कानुन मञ्चले गरेको छलफलमा नेता महतले भने, यो निकै महंगो शासकिय व्यवस्था हो, हाम्रो जस्तो मुलुकले धान्न सक्दैन ।’

उनले भने, म संघियताप्रति कहिल्यै कन्भिन्स छैन । तर आन्दोलन भयो, सम्झौता भयो र संविधानमा पनि संघीयतामा जाने भनेर लेखेपछि कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो । तर, मेरो विचारमा संघीयतमा गइरहनु पर्दैन ।’

स्थानीय तह पुनर्संरचना गर्ने क्रममा संविधान संशोधन गरेर जिल्लालाई अधिकार दिएर जान सकिने उनले बताए । नेता महतले अहिलेकै अवस्थामा जाँदा विभिन्न सामाजिक राजनीतिक, साँस्कृतिक, आर्थिक अस्थितरता ल्याउन सक्ने र त्यसको परिणाम गम्भिर हुन सक्ने भन्दै सचेत गराएका छन् ।

अहिलेको व्यवस्थामा देशको भौगोलिक नक्सा कोर्ने काम मात्र भएको तर, आर्थिक सम्पन्नता, धान्न सक्ने क्षमतालाई ध्यान नदिइएको उनले बताए । ‘सत्ताको खेलवरिपरि, सस्तो प्रचारवाजीका लागि यो कुरा ल्याइयो, तात्कालीन फाइदाका लागि मात्र ल्याइयो तर, दिर्घकालीन असर हेरिएन, नेता महतले भने ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्